नेपाल सरकारले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । हिजो राति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुने जनाएको छ ।

निगमका अनुसार प्रति लिटर पेट्रोलको मुल्य २१ रुपैयाँले बढेर अब लिटरको १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मुल्य प्रति लिटर २७ रुपैयाँले बढेर लिटरको १९२ पुगेको छ ।

यसरी पेट्रोलियम पदार्थको मुल्य बढेतापनि खाना पकाउने एलपी ग्याँसको मुल्य अहिलेलाई यथावत राखिएको छ । निगम संचालक समितिको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ अनुसुचि

प्रति लिटर पेट्रो