अत्याधिक बर्षाको कारणले आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ ।

आज विहान ६ बजे विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला, मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे खोला र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।

अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीलेपूर्वपश्चिम राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएकोले राजमार्ग खुलाउने पहल गरिरहेको छ ।