बढदो अत्यधिक गर्मीका कारण तराईको जनजिवन धेरै प्रभावित भएको छ । वर्षा नहुँदा र बढ्दो गर्मीका कारण सतहको पानी सुक्दा चाँपाकल लगायतमा पानी आउन छोडेको छ ।

अहिले वीरगंज महानगरसहित तराईका विभिन्न जिल्लामा चाँपाकलबाट पानी आउन छाडेकोले मोटरले समेत पानी नतान्दा शहरी जीवन निकै प्रभावित बनेको छ । घण्टौ लाइनमा बसि पानी थाप्न बाध्य भएका छन् । वीरगंज महानगरपालिकाले चार हजार खानेपानी घारा जडान गर्ने भएतापनी ततकालको लागी ठाउँठाउमा खानेपानी संस्थानको सार्वजनिक धारा जडान गर्न नितान्त आवश्यक रहेको छ । 

यसरी चापाकलको पानी सुक्न थालेपछि चापाकलको विकल्प को रुपमा हाल सम्ममा पनी वीरगंज महानगरपालिका लगायत स्थानिय निकायको समेत ध्यानाकर्शण नभएको र स्थानियले वडा कार्यालय लगायत महानगरपालिकामा समेत खानेपानी को समस्या राख्दापनी कुनै कार्यान्वयन नभएकोले स्थानिय चिन्तित भएका छन् । 

खानेपानीको समस्या अहिले सम्म काठमाण्डौ लगायत पहाडि क्षेत्रका विभिन्न ठाउँमा देखिदै आएको छ । अब उक्त समस्या तराई क्षेत्रमा समेत देखिन थालेको छ ।