स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडा अध्यक्षलाई सघन भुमिकामा राखेको देखिन्छ ।

कुनै पनि वडामा हुने हरेक समस्या  जनताको प्रत्यक्ष सम्पर्कमा रहि काम गर्ने वडा अध्यक्षहरु जनताका दैनिकी समस्यासंग प्रत्यक्ष सम्पर्कमा मा रही समस्याको समाधान गर्नुपर्ने हुन्छ।

तर बहुदरमाई नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सुनिल कुशवाहा को भूमिका वडाको विकासमा शून्य रहेको छ। भोट चाहिने बेलामा मात्रै जनता प्यारो लाग्दो रहेछ । वडा अध्यक्षमा विजयी भएर आएको यति लामो समय बितिसक्दा पनि  वडावासीले वडाको विकास अब कहिले हुन्छ भनेर आस मार्न थालिसकेका छन्।



बहुदरमाई नगरपालिका वडा नम्बर ५ पटनीमा नालाको व्यवस्था नभएको कारणले वडावासीहरूले निकै नै कष्टपूर्ण दैनिकी बिताउन बाध्य भएका छन्। उक्त वडा अध्यक्ष समक्ष "बारम्बार गुहार र निवेदन लिएर जाँदा समस्याको समाधान त परै जाओस् काननै नसुन्ने गरी प्रतिक्रिया दिनुहुन्छ " वडावासीको भनाइ रहेको छ ।

नालाको व्यवस्था नभएको कारण वडावासीहरूले आफ्नो दैनिकी रुपमा घरबाट निस्किने फोहोरपानी आफ्नै घरकै आँगन अथवा घरका अगाडि खाल्डो खनेर त्यस खाल्डोलाई नालाको रुपमा प्रयोग गरिरहेका छन् । दिनहुँ घरबाट निस्केको पानीले खाल्डो छिट्टै भरिनुको कारण आफैंले खाल्डोको पानी झिक्दै दैनिकी चलाउन बाध्य भएका छन्। खाल्डोमा भएको फोहोर पानीले घरभित्र लामखुटे र विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न भइरहेको वडावासीको भनाइ रहेको छ।  

 यसैगरी वडामा ग्यास वितरण गर्दा वडा अध्यक्षले आफ्नै आसेपासे र नातेदारलाई दिएको समेत आरोप लगाएका छन् । 

वडामा हुने समस्या वडाबासी आफ्नो नजिकको जनप्रतिनिधिले समाधान गरिदियोस भनि अपेक्षा राख्ने गर्दछन् । तर यस्ता समस्याहरू को समाधान गर्नुभन्दा पनि आफै वडाध्यक्षहरु आफ्नै मस्तीमा र जनतालाई शास्तिमा राखिरहेका छन् ।