पर्साको कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा विशाल कलश यात्रा निकालिएको छ । कालिकामाई मन्दिर प्राङ्गणबाट एक हजार बढीको संख्यामा कन्या कुमारीहरुले जलयात्रामा सहभागी जनाएका थिए । 



कालिकामाई मन्दिरबाट बाजागाजासहित निकालिएको कलश यात्रा वीरंचिवर्वा, कटीबलुवा, पशुरामपुर, भेडिहारी,गदियानी, टिनडोविया, रविदास, मुडली गाउँ परिक्रमा गर्दै सिकटा नदीको हनुमान मन्दिर नजिक पुजापाठ गरी जलभरेर हरिहरपुर बिर्ता हुँदै कालिकामाई मन्दिर स्थलमा पुगेर कन्या कुमारीहरुले कलश राखेका थिए । कालिकामाई गाउँपालिकाको नामाकरण कालिकामाईको नाममा गरिएकाले मन्दिरको संरचना पुरानै रहेकाले गाउँपालिकाको सहयोगमा मन्दिरको निर्माण गरी सो नवनिर्मित कालिकामाई मन्दिरमा प्राण प्रतिष्ठा गर्ने गरिएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले बताए!



कलश जल यात्रामा प्रमुख अतिथि उर्जा सिंचाइ तथा खानेपानी मन्त्री सिंगासन साह कलवार, विशिष्ट अतिथि धोबिनी गाउँपालिकाका मदन चौहान, कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमतीदेवी बरइन, नेपाली कांग्रेसका नेता राधाकृष्ण चौरसिया, स्थानीय समाजसेवी पप्पु खाँव, वडाअध्यक्ष लालबाबु चौरसिया, जयनारायण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह गोढ, सशस्त्र प्रहरी बल खेसराहाका डीएसपी प्रेमबहादुर कठाय, मन्त्रीका स्वकिय सचिव सचिन कुमार सिंह, नेता माओ कुशवाहा कालिकामाई युवा समाजको आकाश चौरसिया, बुलेट तिवारी ,आकाश केवट, विशाल कुशवाहा, बिकास पटेल , भरत साह लगायत अन्य सदस्यहरूको उपस्थिती रहेको थियो! कालिकामाई युवा समाज एक सामाजिक संस्था भएको र सामाजिक कार्यमा अग्र पङ्तीमा रहेर कार्य गर्ने हाम्रो उद्देश्य रहेको हुनाले आफूले युवा समाजको स्वेयमसेवक परिचालन गरी सामाजिक संस्थाको कर्तव्य निर्वाह गरेको युवा समाजका अध्यक्ष आकाश चौरसियाले बताए!


नवनिर्मित कालिकामाई मन्दिरको प्राण प्रतिष्ठामा चैत ३० गतेदेखि २४ घण्टा अष्ठयाम हुने, वैशाख १ गते अष्ठयामको पूर्णावती, वैशाख २ गते मन्दिरमा प्राणप्रतिष्ठा गरी कालिकामाईको मूर्ति स्थापना गर्ने, वैशाख ३ गते भारत सितामढीको झाकी कार्यक्रम, वैशाख ४ गते नेपालका भोजपुरी गायक सुनील पंडित समेतको कलाकारहरु आउने र वैशाख ५ गते नवमीको दिन कालिकामाई मन्दिरमा पूजापाठ गरिने पूजा समितिका संयोजक वडा अध्यक्ष संजय पटेंलले जानकारी दिए ।