जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा न.-०२ ईदगाह चोक स्थित प्रस्ताबित
सीमा सुरक्षा गुल्म बाट शसत्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा
खटिगएको ७ जनाको गाडी मोवाईल टोलीले आइ सी पि बाट आदर्शनगर तर्फ आउदै गरेको ना ४ ख ९४३५
नम्बरको ट्रकलाई बिशेष सुचनाको आधारमा बिलबिजकमा उल्लेख भए भन्दा फरक मालसामान
भएको आशंकामा बिलमा उल्लेखित मुल्य रु. २२,७१,८२४।– अबराबरको सामाग्री ट्रक सहित नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको ट्रक आवश्यक कार्वाहिको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको छ ।
यसैगरी
जि .पर्सा .बि . म. ना. पा. १६ भन्सार मेन गेटबाट अवैध रुपमा भारतबाट
भन्सार छलिगरी बिभिन्न सवारी साधनहरुमा किराना सामान, जुत्ता चप्पल, हार्डवयर, मोटर पार्टस र कस्मेटिक
आईटम लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ४,३४,८१०।- बराबरको समान उक्त गाडि मोबाईल टोलिलाई देखी सामान
छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा
बुझाईएको छ ।