रौतहटमा बिजुलीको तार चुडेर खेत जोत्दै गरेको एक किसानसहित गोरुको ज्यान गएको हो। 

जिल्लाको माधवनारायण नगरपालिका-७ लौकाहाका किसान बैजुलाल पंडित खेत जोत्दै गर्दा आकाशमात बिजुलीको तार चुडेर गोरूसहित पंडितको खेतमै मृत्यु भएको छ।

खेत जोत्दै गरेको किसान पन्डित र गोरुमाथि विजुलीको तार चुँडिएर खसेको थियो। स्थानीयले विद्युत कार्यालयका चरम लापरबाहीका कारण तार चुँडिएको भन्दै यतिखेर समाजिक संजालमार्फत कडा विरोध गरिरहेका छन्।।।