गाउँ सभाकाे बिषयलाई लिएर पर्साकाे कालिकामाई गाउँपालिकामा हिजो शुक्रबार सांझ दुई पक्ष बिच झडप भएकाे छ ।

झडपमा वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा नं. १ मुडलीका लालबाबु चाैरसिया र इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नायब निरिक्षक विवेक निराैला घाइते भएका छन् । वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा घाइते वडा अध्यक्ष पटेल र चाैरसियाकाे उपचार भइरहेकाे छ । श्री नेरा आधारभुत विद्यालय हरिहपुरमा शुक्रबार राखिएकाे गाउँपालिकाकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक स्थगित भएपछि बैठकबाट निस्कने क्रममा वडाध्यक्ष पटेलमाथी आक्रमण भएकाे वताइएकाे छ । बैठकस्थलबाट निस्कने क्रममा आफुमाथी आक्रमण भएकाे वडाध्यक्ष पटेलले वताएका छन् ।

हिजो बसेको गाउँ सभाकाे बैठक सकेपछि बैठक स्थल अगाडी भएकाे विवाद झडपमा परिणत भएकाे थियाे । केही बेर दुई पक्ष बिच त्यहाँ तनाव समेत भएकाे थियाे । बैठकस्थल अगाडी जम्मा भएकाे भिड हटाउने क्रममा प्रहरी नायब निरिक्षक निराैलासहित केही प्रहरीहरु समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ । उक्त क्षेत्रमा इलाका प्रहरी कार्यालय पाेखरियाले झडप हुन नदिन प्रहरीहरुको टोली खटाएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले एक सुचना जारी गर्दै गाउँपालिका अध्यक्षकाे आदेशानुसार गाउँपालिकाकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक असार ३२ गते आज शनिबार दिउसाे ४ बजेदेखी श्री नेरा आधारभुत विद्यालय हरिहपुर मा पुन: बस्ने जानकारी गराएका छन् ।

स्थानिय जनप्रतिनिधिहरु बिच बजेट भागबन्डाकाे बिषयमा कुरा नमिल्दा गाउँ सभा हुन सकेकाे थिएन ।