क्यालिफोर्निया । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले आफ्नो कयौँ सेवाहरू बन्द गरेको छ । बन्द भएका सेवाहरूमा गुगल प्लस, नेक्सस आदिको नाम आउँछन् । यो सूचीमा नयाँ सेवा पनि थपिएको छ । कम्पनीले आफ्नो अडियो स्ट्रीमिङ प्लेटफर्म गुगल पोडकाष्टलाई हटाउने निर्णय गरेका छन् । कम्पनीको यो एप प्ले स्टोरबाट ५० करोड पटक डाउनलोड भएका छन् ।
कम्पनीले एपको होम पेजमै ‘वार्निङ’ देखाउन सुरु गरिसकेका छन् । यो एपमा भएका आफ्नो डेटाहरू युट्युब म्युजिक वा आफूलाई मन पर्ने अन्य कुनै पोडकाष्ट सेवामा मर्ज गर्न कम्पनीले युजरहरूलाई केही दिनयता एपमै नोटिफिकेशन दिइरहेका छन्। यो एप केही समय गुगल पलेस्टोर वा एपलको एप स्टोरमा डाउनलोडका लागि उपलब्ध भए पनि युजरहरूले यसको प्रयोग भने गर्न पाउने छैनन् । यो एपमा भएका डेटाहरू अन्यत्र सार्न कम्पनीले २०२४ को जुलाईसम्मको म्याद दिएका छन्।
अप्रिल २ देखि नै अमेरिकामा गुगल प्लस, नेक्सस आदिको नाम सेवा हरु बन्द गरिँदैछ । युट्युब म्युजिकलाई प्रमोट गर्न कम्पनीले यो सेवा बन्द गर्न लागेको बताइएको छ । कम्पनीले यसबारे गएको वर्ष नै एउटा ब्लगपोष्टमा जानकारी दिएका थियो । अमेरिकापछि बिस्तारै विश्वका अन्य क्षेत्रमा पनि सेवा बन्द गरिनेछ । यो वर्षको अन्त्यसम्ममा सबैतिर यो सेवा बन्द हुने जानकारी दिएका छन् ।