रौतहट । एसईई परीक्षाको दोस्रो दिन शुक्रबार रौतहटको विभिन्न परीक्षा केन्द्रहरूबाट अनुगमन टोलीले रु.५०० थान भन्दा बढी मोबाइल बरामद गरेका छन्।रौतहटका सिडिओ हिरालाल रेग्मी ,एसपी महेन्द्रकुमार श्रेष्ठ सहितको टोलीले परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्रहरूमा अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो।

सूचनाको आधारमा गौर स्थित जुद्ध मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेला लगायत जिल्लाको १८ स्थानियतह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा  अनुगमनको क्रममा परीक्षामा अमर्यादित गतिविधि भइरहेको परीक्षार्थी बाट ५०० थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

परीक्षार्थीबाट बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई माध्यमिक परीक्षा  सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

रौतहटमा जारी एसईई परीक्षामा एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागू औषध  मुद्दामा रहेका कारागार र प्रहरी हिरासतबाट एकएक जना परीक्षार्थी सहभागी भएका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा एसईई परीक्षा सहभागी भएका छन् ।