२९ जेठ बीरगञ्ज - बीरगञ्जमा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको प्राङ्गणमा विभिन्न स्वास्थ्य चेक जाँच घुमती शिविर गरिएको छ ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगंजसमुदायिक आँखा अस्पताल , रुंगता वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं १०आदर्श नगर ग्रीन सिटी समुदायिक कार्यालयमा घुमती शिबिर (आँखाकाे चेक जाँच ,रगतको चेकजाँच ब्लड प्रेसरका चेक जाच तथा अन्य रोगहरूको चेक जाँच शिविर सुसम्पन्न भएको छ ।
चेक जाँचसँगै बढ्दो गर्मी र स्वास्थ्यलाई मध्यनजर गर्दै चिसो सातु खुवाउने कार्यक्रम पनि गरिएको थियो।
उक्त शिविरमा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्सका प्रहरी नायव उपरीक्षक श्री मान दिपक भारती ज्यु तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान अध्यक्षतामा नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारि हरु सञ्चार कर्मीहरु तथा यस सेवा केन्द्रका पदाधिकारिहरु को उपस्थितमा आज मिति २०८१/०२/२९ गते विहान ७:३० बजे देखि शिबिर (आँखाकाे चेक जाँच ,रगतको चेकजाँच ब्लड प्रेसरका चेक जाच तथा अन्य रोगहरूको चेक जाँच मा महिला ७५जना , बालबालिका तथा जेष्ठ नागरिक २०० समेत गरी जम्मा २७५ जनालाई चेकजाँच गरी उक्त कार्यक्रम १०:१५ बजेको समयमा सु सम्पन्न भएको छ ।
उपस्थित तथा सहभागीताहरू :- (१) प्रमुख अथिति :- प्रहरी नायव उपरीक्षक:- श्री मान दिपक भारती ज्यू :- जिल्ला प्रहरी कार्यालय पर्सा। (२) प्रहरी निरीक्षक :- श्री मान भास्कर खतिवडा ज्यू :- जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगंज। (३) प्र. ब. ना. नि. :- मेग्जन कुमार लामा ज्यू :- प्रहरी चौकी आदर्श नगर वीरगंज पर्सा। (४) संतोष रंजितकार ज्यू :- संचार कर्मी (५) श्री मान दिलीप कार्की ज्यू :- विरगंज व्यवस्थित अभियान पर्साका सँयोजक। (६) कैलाश बजाज :- ग्रीन सिटी सदस्य (७) सुशील कादमिया ज्यू :- ग्रीन सिटी सदस्य। (८) चन्द्र अग्रवाल ज्युँ :- ग्रिन सिटी सदस्य। (९) सर्फुदिन मिया ज्यूँ :- ग्रीन सिटी सलाहकार (१०) मनोज गुप्ता ज्यू :- ग्रीन सिटी सदस्य। (११) रतन टेमानी ज्यु :- ग्रीन सिटी सदस्य। (१२) ज्योती रुङ्गता ज्यू :- ग्रीन सिटी कोषा अध्यक्ष। (१३) शिवराज पटेल ज्यू :- रामघडवा युवा क्लव वीरगंज पर्सा (१४) सुनील कुमार श्रेष्ठ ज्यू :- सञ्चार कर्मी (१५) जय प्रकाश खेतान ज्यु :- ग्रीन सिटी अध्यक्ष। (१६) प्रहरी बरिष्ठ हवल्दार :- प्रेम राम :- ग्रीन सिटी सा. प्र. सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा। (१७) प्रहरी जवान :- पुर्ण कुमारी श्रेष्ठ :- ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा। (१८) बसन्त प्रसाद उपाध्याय :- नागरिक समाज