मकवानपुर असोज१९ , बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयका प्रमुख प्र.उ. बिश्वराज खडका समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले सुन जस्तो देखिने अबैध पहेलो धातु सहित २ जना भारतिय नागरिक लाइ पक्राउ गरेको छ ।
जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका, वडा नं. १५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अं. बर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र कै राज्य सांगली जिल्ला बस्ने अं. बर्ष २७ को राहुल भिट्टिहाल बाडलाई शंका लागि निजहरुको शरीर तथा स्कुटर समेतको रितपुर्वक खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुन जस्तो देखिने पहेलो धातुको बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम ( आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा ) फेला पारेको हो ।
उक्त समान सहित निजहरु अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।