१९ असार वीरगञ्ज - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बिहान ८ बजेदेखि केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको हो ।
बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री डा. मुकुल ढकालले बैठक लाइभ नगरेपछि महामन्त्री ढकालले बोल्ने अधिकार हनन भएको भन्दै उनले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । उनले मुखमा मास्क लगाएर बाहिरबाट टेप लगाएर बैठकमा सहभागी भएका छन् ।मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिएको छ ।
साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी थियो । ढकालले केहीदिन अघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए । तर आजको बैठकमा लाइभ नगरेपछि उनले सांकेतिक रुपमा विरोध गरेका हुन् ।