राजनीतिक संकट गहिरिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच विशेष वार्ता भएको छ । स्रोतका अनुसार, सेनाप्रमुखले ओलीलाई पद त्याग गरेर मार्ग खुलाउन सुझाव दिएका छन् ।

सेनाले वर्तमान परिस्थितिमा सत्ता कायम राखेर नियन्त्रण सम्भव नभएको प्रष्ट पारेको छ । यस्तै, प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरूको सुरक्षित निकासी सुनिश्चित गर्न सेनाको सहयोग मागेको बताइएको छ ।

यसैबीच, बढ्दो अस्थिरतालाई मध्यनजर गर्दै नेपाली सेनाले परिस्थितिलाई सम्हाल्न आवश्यक तयारी अघि बढाइरहेको जानकारी प्राप्त भएको छ ।