नियमित खबर, वीरगंज, ०१ कार्तिक, अब्दुल कैश

समूदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा वीरगंज,छपकैया २ को आयोजनामा तथा श्याम ट्रेड कन्सर्न को आर्थिक सहयोगमा श्री ताराचन्द किशनलाल आधारभुत विद्यालयका कक्षा १ देखी कक्षा ८ सम्मका ११६ जना छात्र छात्राहरूलाइ व्याग वितरण गरिएको छ ।

सामूदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई को सभा अध्यक्षतामा संपन्न कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर उप प्रमुख इम्तियाज आलम रहेका थिए भने विशिष्ठ अतिथीमा वडानं. २ को वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, दलित महिला वडा सदस्य रम्भा देवी, वडा प्रहरी कार्यालय विर्ता का प्रहरी निरिक्षक विशाल मल्ल रहेका थिए, त्यसै अतिथीमा भन्सार इनर्वा प्रहरी चौकीका सइ टेक बहादुर कार्की, सामूदायिकका संरक्षक तथा व्याग दाता श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदि लगायत सामूदायिकका पदाधिकारी हरु, शिक्षक शिक्षिका रहेका थिए भने स्वागत मन्तब्य सामूदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंहले गरेका थिए ।

उपप्रमुखले विद्यालयलाई नमुना बनाउन आवस्यक सहयोगर्ने प्रतिवद्धता दिएका छन् ।