१ साउन वीरगञ्ज -वीरगंज महानगरपालीकाले आज मङ्गलबार (साउन १ गते) महानगरपालिका क्षेत्रभित्रका विजुलीको पोलमा अनावश्यक रुपमा छरिएर अथवा झुडीयाएर अव्यवस्थित तार एवं विभिन्न किसिमका ब्यानर,पर्चापम्पलेट नगर प्रहरीद्वारा हटाइएको छ।
सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिम लगायत पक्षहरूलाई मध्यनजर गर्दै अनावश्यक विद्युतीय तार तथा ब्यानरहरू लाई महानगरले व्यवस्थित गर्ने कार्य अघि बढाएको हो । बीरगञ्ज महानगरपालिका का हरियाली तथा सरसफाइका सँयोजक जय प्रकाश खेतानले जानकारी दिनुभयो ।