१३ भदौ बीरगञ्ज -नेपाल ज्योतिष परिषद् केन्द्रिय समिती द्वारा आयोजित छैठौँ केन्द्रिय महाधिवेशन कडा प्रतिस्पर्धाका साथ हुँदैछ।
नेपाल सांस्कृतिक सङ्घ ,दिल्ली बजार,काठमाडौँ मा नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको छैटौँ महाधिवेश भदौ १२ र १३ गते हुँदैछ ।
उक्त निर्वाचन मा वीरगञ्जबाट महाधिवेशनको प्रतिनिधि पार्षदहरु मा ज्योतिष सुरेन्द्र नाथ तिवारी,ज्योतिष उपेन्द्र चौबे ,ज्योतिष लालबाबु शास्त्री,ज्योतिष रतनेश तिवारी लगायत देशभरिबाट ४९७ जनाको केन्द्रीय परिषद्हरूको उपस्थितिमा निर्वाचन भएको हो । सो मतदानमा नेपालका चर्चित युवा ज्योतिष डाक्टर पुरुषोत्तम डुबेले खुला केन्द्रीय सदस्य कडा प्रतिस्पर्धा रहेको काठमाडौँ स्रोतबाट जानकारी प्राप्त भएको छ।
ज्योतिष सम्राट डा.पुरुषोत्तम दुबे गोल्ड मेडलिस्ट तथा विश्व ज्योतिष महासङ्घ एसिया का उपसभापति पनि हुन् । पर्साको वीरगञ्जमा मात्र नभई समग्र नेपालमा ज्योतिष सम्राटका नाममा पुरुषोत्तम दुबेले ज्योतिष विज्ञानमा ख्याति प्राप्त गर्नुभएका छन् । ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताउँछन् ज्योतिष सम्राट डाक्टर पुरुषोत्तम दुबे । उनले ज्योतिष र धर्मशास्त्रको एक अर्काका परिपूरक भएको बताए ।'विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद् एकजुट भएर अघि बढेमा कसैले ज्योतिषीको हकहितको लागि हस्तक्षेप गर्न नसक्ने बताए ।
महाधिवेशनमा अध्यक्षमा ३ जनाको प्रतिष्पर्धा हुने चर्चा चलेको बताइएको छ ।