२९ जेठ बीरगञ्ज - दुखद खबर -धनुषामा एक युवक रुखमा झुण्डिएको अवस्थमा फेला परेको छ। 



आज मङ्गलबार बिहान धनुषाको औरही गाउँपालिका कपटौलका वडा नम्बर ३ मा बस्ने नितिश कुमार मण्डल आफ्नै गाउँको छेउमा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

 आज बिहान आफ्नो दैनिक दिनचार्यका लागि स्थानीयहरू आँपको बगैँचामा जाँदा मण्डललाई आँपको  रुखबाट झुण्डिएको अवस्थामा देख्दा प्रहरीलाई खबर गरेका थिए ।

मण्डलले आत्महत्या गरेको हो ?कि कसैले यहाँ ल्याएर झुण्ड्याएको हो भन्ने विषय अहिले खुलेको छैन ।घटनाबारे अनुसन्धान भइरहेको छ ।थप विवरण आउन बाँकी रहेको छ ।