८ माघ बीरगंज— वीरगंजमा मङ्गलबार बिहानै १०:३० बजेको समयमा स्कुल बसले ठक्कर दिँदा एक साइकल यात्रुको मृत्यु भएको छ।
बीरगंजको बाईपास सडकखण्डमा तेजश एकेडेमीको स्कुल बसले साइकललाई ठक्कर दिँदा साइकल चालक बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ४५ वर्षीय तयमोदिन मियाको मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिएका हुन् ।निजी विद्यालयको ना. ५ ख . १५०४ नम्बरको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक मियााको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
बस र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताले जनाएको छ।