१६ साउन वीरगञ्ज -हरि खेतान बहुमुखी क्याम्पस बिरगंजको कानुन संकायको अध्ययनको लागि नमुना इजलासको समुदघाटन त्रिभुवन बिश्व विधालय कानुन संकायका डिन आदरणीय प्रा.डा. कृष्ण प्रसाद बस्यालको प्रमुख आथितियमा सुसम्पन्न भएको छ ।
उक्त समारोहमा HKMC Research Vision Journal को बिमोचन समारोह सुसम्पन्न गरियो।उक्त समारोहको अध्यक्षता क्याम्पस प्रमुख किशोरी राय यादव हुनुहुन्थ्यो भने क्याम्पस संचालक समितिका संस्थापक सदस्य डा.राम अवतार खेतान, सल्लाहकार तथा ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतान लगायत पत्रकार, बिधार्थी तथा शिक्षक कर्मचारीको सहभागिता थियो।