बारा जिल्लाको कोल्वी नगरपालिकाका-८नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्की विरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
बालिका सुस्त मनस्थितिकी भएकी प्रलोभनमा पारी जबरजस्ती कर्णी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी धनीराम न्यौपानेका अनुसार कार्कीलाई १२ जिल्ला अदालतको अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
कार्कीले कोल्बी -८ निवासी सुस्त मनस्थिति भएकी एक बालिकालाई चैत ८ गतेदेखि राति ८ बजे अपहरण गरी दुई दिनसम्म राखेको पीडित परिवारको आरोप छ।
बालिकालाई सुरुमा कलैया स्थित महिला बालबालिका सेवा केन्द्रमा लगिएको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ।
त्यहाँ प्रारम्भिक अनुसन्धानपछि थप कारबाही अगाडि बढाउनका लागि जिल्ला प्रहरीको जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ।