जिल्ला पर्सा वीरगंज महानगरपालीका वार्ड न. २६ स्थित ड्राइपोर्ट देखि पारवानीपुर जोड़ने छ लेन बाटोमा विहानको समयमा ना. ६ ख १५३ नं. को कन्टेनर बोक्ने टेलर गाडी अनियन्त्रित भई बाटो मा लगाईएका बार भत्काइ खेतमा पल्टिएको छ ।

गाड़ीका चालक  वीरगंज-२८ निवासी रामशाह कानु का छोरा बर्ष २३ का विक्रम शाह कानु रहेका हुन । हाल वडा प्रहरी कार्यल श्रीपुरले चालक लाई नियन्त्रणमा लिई चालक घाइते भएकोले विरगंज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भई रहेको जानकारी श्रीपुर वडा प्रहरी कार्यालयले जानकारी गराएको छ।