त्रिभुवन
विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले
उद्धार जारी छ । प्रारम्भिक जानकारी अनुसार अहिले अग्नि
नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा
संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम
आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल
सिनामंगलमा उपचार भइरहेको छ ।
बुधबार करिब ११ बजे
सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन
विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका
सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका
फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
विमानस्थलका
अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि
कुनै क्षति पुगेको छैन ।
बुधबार करिब ११ बजे
सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ
ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा
परेको हो ।
साभार : कान्तिपूर