९ साउन बीरगञ्ज -सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ ।
मृत्यु भएकामध्ये एक जना यमनका नागरिक रहेको खुलेको छ भने १७ जना नेपाली हुन् छ।
मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने अस्पतालका एक अधिकारीले जानकारी दिए छन् । ‘फिंगर प्रिन्ट टोली, डीएनए टोलीलाई सबैलाई खबर गरेका छौं । सबै टोली आएपछि र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्छौं’ उनले भने, ‘यो सबै तयारी गर्दा २ घण्टा लाग्छ ।’