१४ असार बीरगञ्ज -सशस्त्र प्रहरी पर्साले भन्सार छलीका रजनिगन्धा बरामद गरेको छ ।बिरगंज महानगरपालिका-६ गहवामा रहेको निखिल किराना स्टोरको गोदाममा भण्डारण गरि राखेको मूल्य रु.१ लाख ४ हजार ३ सय २० बराबरको रजनिगन्धा सशस्त्र प्रहरीले असार १२ गते बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।


प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज र बिरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले अबैध रुपमा भन्सार छलि गोदाममा भण्डारण गरि राखेको रजनिगन्धा बरामद गरिएको र आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले बताएका छन् ।