काठमाडौँ ।  शनिबार चोभारमा लागेको डढेलो निभाउन गएको जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटनाग्रस्त भएको छ । चोभारको चापडाँडामा लागेको आगो निभाउन  १२ बजेतिर गएको दमकल १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको हो । 


दुर्घटना हुने दमकलमा ७ जना कर्मचारी मध्ये एकजना सकुशल रहेको र छ जना घाइते भएको प्रत्यक्षदर्शीले जानकारी दिनुभएका छन् ।