२९ जेठ बीरगञ्ज -पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नं १ भगवानीपुर टोलमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ।


विषालु सर्पको टोकाइबाट खासगरी बारा, पर्सा , रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषालगायतका जिल्लामा धेरै घटना हुने गरेको पाइएको छ ।

वडा न १ भवानीपुर टोल बस्ने रुपन भैया थारुको छोरा बर्ष अन्दाजी ३३ को महेश भैया थारुको सर्पको टोकाइबाट अल्पकालिन निधन भएको हो ।


सरकारले क्षेत्रीय अस्पतालहरुमा मात्र सर्पको टोकाइको उपचारको व्यवस्था मिलाएको छ । तर, यो सेवालाई वडा तहका स्वास्थ्य संस्थासम्म पुर्याउन सके सर्पको टोकाइबाट हुने मृत्युलाई धेरै कम गर्न सकिन्छ ।सर्पले टोकेको १० देखि १५ मिनेटभित्रै अस्पताल पुर्याउने अवस्था छ भने सिधै अस्पताल लैजानु पर्छ । तर, दुरीको हिसाबले अस्पताल टाढा हुँदा समयमै अस्पताल पुग्न नसक्दा मृत्यु भएको सर्वसाधारणको भनाइ रहेको छ।