टर्कीको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार तीनसय नाघेको छ । सोमबार बिहान टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट अन्य हजारौँ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार टर्कीमा अहिलेसम्म १५०० जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य पाँच हजार ३०० जना घाइतेको भएको पुष्टि भएको छ ।

यसैगरी सिरियामा ८१० जनाको मृत्यु भएको पुष्टि भएको छ । सिरियामा दुईहजार भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ ।

सोमबार सबेरै मान्छेहरू सुतिरहेका बेला भूकम्प गएको थियो । त्यसको केही घण्टापछि फेरि ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो

सरकारले निरन्तर उद्धार कार्य गरिरहेको छ ।