शसस्त्र प्रहरी बल नेपाल १३ न. गण हेड क्वाटर पर्साको आयोजनामा नव निर्मित महिला ब्यारेक भवनको उदघाटन गरिएको छ ।

वीरगंज महानगरपालिकाले निर्माण गरेको महिला ब्यारेकको उदघाटन वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम द्धारा गरिएको छ । 

उक्त कार्यक्रममा नगर उप प्रमुख आलमले आउने दिनहरुमा यस ब्यारेकको लागि भवन तथा सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुको साथै हाल महानगरको लगानीमा सडक ढलान निर्माण कार्य छिटो सुरु हुने समेत बताउनु भयो । त्यसै गरि प्रमृुख अतिथी मधेश प्रदेश छित्रमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति गणेश बहादुर ठाडा मगरले निर्वाचन सु–सम्पन्न भएकोमा समस्त सुरक्षा निकाय जन प्रतिनिधीहरुलाई धन्यवाद दिदै आउने दिनहरुमा महानगरले हामीलाई सक्दो सहयोग गर्ने विश्वास लिएको भन्दै हामीलाई सहयोग गरेकोमा धन्यवाद दिनु भएको थियो भने सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलले उप प्रमुख आलमले हामीलाई हौस्ला प्रदान गर्नुको साथै वहाँले यस भवन निर्माणमा ठुलो सहयोग गर्नु भएकोमा हृदय देखि धन्यवाद दिनु भएको थियो ।

सो कार्यक्रमको प्रमुख अतिथी बाहिनीपति गणेश बहादुर ठाडा मगर रहनु भएको थियो । विशिष्ठ अतिथीमा वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम त्यसै गरि अतिथीहरुमा जगरनाथपुर गा.पा.का अध्यक्ष श्रीकान्त यादव, नेपाली सेना श्रीजगं गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की,जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल ,पर्सा प्रहरी सहायक उपरिक्षक दिपक कार्की लगायतका अतिथीहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको समापन कार्यक्रमका सभा अध्यक्ष तेज प्रसाद पोख्रेलले गरेका थिए ।