पर्सा ।सर्वसाधारणको स्वास्थ्यप्रति गम्भीर खेलवाड हुने गरि नेशनल मेडिकल क्लेजमा म्याद सकिएका औषधिहरू फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले सोमबार वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापामारी गरेका छन्।
संविधान अन्र्तगत मौलिक हकको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । यस्तै स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ तुल्याएर नागरिकको पहुँच स्थापित गर्नका लागि जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक समेत असोज २ गते प्रमाणिकरण भइसकेको छ ।
म्याद सकिएका औषधी सहित क्लेजका एम.डि सहनाज हुसौन अंसारी तथा ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएका छन् ।
अनुगमनमा खटेका टोलीले छापामारीमा सन २०१९,२०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको छ । थप बिवरण आउँन बाकी रहेको छ ।
नागरिकको स्वास्थ सेवालाई प्रभावकारी, विश्वसनीय तथा सर्वसुलभ बनाउने उद्धेश्यले बनेको विधेयकमा स्वास्थ सेवामा कसुर गरेको पाइएमा न्युनतम ५ हजार रुपियाँदेखि १० लाख रुपियाँसम्म जरिबाना तथा अधिकतम २ वर्षसम्म कैद सजाय तोकेको छ ।