वीरगंज पर्साका होनहार युवा पत्रकार नरेश सर्राफको आज निधन भएको छ ।
विभिन्न संचार क्षेत्रमा विगत लामो समयदेखी कार्यरत रहेका सर्राफ को आज विहान घरमै शारीरिक व्याम गर्ने क्रममा हृदयघातका कारण निधन भएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यसमेत रहेका सर्राफको ३७ वर्षकै अल्पायुमा हृदयघातका कारण निधन भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गर्नभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।