जिल्ला विपद जोखिम न्युनिकरण समिति तथा जिल्ला प्रसाशन कार्यालय पर्सा को आर्थिक सहयोग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया वडा नं. २ को आयोजनामा लगातार आज तेस्रो दिन पनि कम्बल वितरण गरिएको छ ।
वीरगंज महानगरपालिकाको वडा नं २ तथा ३ का अतिविपन्न गरिब परिवारहरु लाइ आज तेस्रो दिन पनि एक कार्यक्रमका बिच बढदै गएको जाडो बाट बचनको निमित्त १०० थान कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलमले जेष्ठ नागरिकहरुलाइ सावधानी अपनाउन आग्रह गरेका थिए ।
कम्बल वितरण कार्यक्रम वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथि तथा सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुदिन ठकुराई को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रसासन कार्यालय पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिमल्सिना, वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेली, जिल्ला प्रहरी कार्यालय पर्सा का सहायक प्रहरी उपरीक्षक निर्मल बुढाथोकी, बिर्ता वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वडा सदस्य बसिर मिया हजाम लगायत अतिथिहरु तथा स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो ।