वीरगन्ज ।पर्सा प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ ।
वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ ।
यसरी पक्राउ परे ठगी गर्ने चिनियाँ गिरोह
पर्सा प्रहरीको विशेष सूचना सङ्कलन टोलीले केही साता अगाडि चिनियाँ नागरिक वीरगन्जमा आवतजावत गरिरहेको नोटिस गरेका थिए। वीरगन्जमा चिनियाँ नागरिक घुमिरहेको सूचना पाएपछि प्रहरीले आफ्नो सतर्कता बढाएको थियो ।
प्रहरी को सक्रियता बढाएसँगै गोप्यरुपमा उनीहरूको निगरानी गर्न थालेका थिए । त्यसपछि प्रहरीले फेला पार्यो–उनीहरूको बस्ने घर र कार्यालय । सोही क्रममा प्रहरीले शनिबार साँझ (आज) उनीहरू बस्ने घरमा छापा मार्यो । त्यसपछि प्रहरीले लगत्तै कार्यालय सञ्चालन भइरहेको घरमा छापा मारदा कार्यालयबाट २ चाइनिज नागरिकसहित सामान बरामद गरे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकले वीरगन्जमा पूरै घर भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए । वीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय ठगी धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीको भनाइ छ ।
चिनियाँ नागरिक वीरगन्जबाट अनलाइनमार्फत २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।