गुल्मी ।शनिबार  गुल्मीको बढीगाड खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ ।   शनिबार अपराह्न अन्दाजी ५ बजे मुसिकोट नगरपालिका ४ आरु पाटाका २१ वर्षीय सन्दीप कुमाल  माछा मार्नका लागि जाल खेल्ने क्रमका डुबेर बेपत्ता भएका थिए । शनिबार डुबेर बेपत्ता भएका सन्दीप को शव ग्वादीकाचौर नजिकै बढिगाड खोलामा जाल बेरिएको अवस्थामा फेला परेको हो ।खोलामा डुबेका थिए । शनिबार डुबेर बेपत्ता भएका उनको  शव आइतबार भेटिएको हो ।


त्यस्तै आइतबार दिउँसो गुल्मी दरबार गाउँपालिका २ उपल्लाखर्कका १२ वर्षीय प्रिन्स सारूको शव बढिगाड खोलाको सोता भन्ने स्थानमा बाट फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सारू हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यमान चौधरीले एउटै खोलामा दुई जनाको डुबेर मृत्यु भएको पुष्टि गरे ।