१० असार बीरगञ्ज -सुन्दै अचम्म लाग्ने ।दिदी भाइ र दाजु बहिनीको सम्बन्ध मखमली फूल जस्तो हुन्छ । घरमा आमापछिको अर्को आमा दिदीबहिनी हुन्छिन् भने बुवापछिको अर्को बुवा दाजुभाइ हुन्छन् ।
तर रौतहटको यो घटनाले साबित गर्दैछ कि सुरक्षा दिने हातहरू नै हत्यारामा परिवर्तन हुँदै जाँदा हाम्रो सुरक्षा कसले गर्लान् ?
रौतहट जिल्लाको परोहा नगरपालिका नरकटिया वडा नम्बर ८ बस्ने २२ वर्षीय ( दाजु ) दिपेन्द्र कुमार रामले आफ्नै २० वर्षीय (बहिनी ) तेतरी कुमारी रामको हत्या गरेका छन् ।
घराइसी विवादको कारण बहिनीको हत्या गरेको आरोपमा रौतहट प्रहरीले ( दाजु ) दिपेन्द्र कुमार राम लाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
विगत लामो समयदेखि आफ्नै दाई द्वारा बहिनीमाथि विभिन्न प्रकारका शोषणहरू भइरहेका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको छ।
२०७४ माघ २५ गते सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकालाई आफ्नै १८ वर्षीय ( दाई )राजदेव मण्डलले टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतिरहेका बेला घरमा कोही नहुँदा कोठामा प्रवेश गरी बलात्कारपछि हत्या गरेको सप्तरी प्रहरीले पुष्टि गरेका थिए।
त्यसैगरी २०७७ भदौ १६ गते मङ्गलबार का दिन मोरङको पथरीशनिश्चरे नगरपालिकामा आर्थिक लाभका लागि १४ वर्षीया बहिनीको आफ्नै नातामा दाई पर्ने २१ वर्षीय सुजन रणपहेलीले बालिकालाई २ लाख रुपैया हात पार्ने दाउमा अपहरण गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरीले अपहरणमा संलग्न आरोपीहरूलाई पक्राउ गरी सार्वजनिक गरेका थिए।
यस्ता थुप्रै उदाहरणहरू अहिले हाम्रा समाजमा छरपष्ट छन्। एकातर्फ दाजुलाई सप्तरङ्गी टिका लाउँदै सुस्वास्थ्य र लामो आयुको प्रार्थना गर्ने बहिनी हुन्छन् भने जीवनभरि ती सप्तरङ्ग सँगै दाजुले आफ्ना दिदीबहिनीहरूको आजीवन सुरक्षा गर्ने जिम्मेवारी आफ्ना काँधमा बोकेका हुन्छन् ।
दिनदिनै बढ्दै गइरहेका यस्ता विकृतिहरुले शिक्षित समाजको निर्माण भन्दा पनि अपराधीक समाजको निर्माण भइरहेको प्रष्ट देखिन्छ।