पर्सा —पश्चिम चितवन भरतपुरको एक बोर्डिङ स्कुलको बसमा आइतबार बिहान  आगजनी भएको छ ।विद्यार्थी लिन गएको क्रममा कल्याणपुरमा रहेको स्मल हेभनको स्कुल बसमा भरतपुर महानगरपालिका -२० दद्रेनीमा आजगनी भएको हो । 

प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१क००४५ नम्बरको बसमा बिहान सवा आठ बजे तीनवटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समूहले बसमा पेट्रोल छर्किएर आगजनी गरेको हो । विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जन अज्ञात समूहद्वारा बस रोकी  चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे र घटना हुँदा बसमा विद्यार्थी नरहेको चितवन प्रहरीले जानकारी दिएका छन्।आगलागीबाट बस पूर्ण रुपले जलेर नष्ट भएको छ। 


जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र बसमा आगो लगाएर फरार अज्ञात समूहलाई समातन थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी सार्वजनिक गरेका छन् । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।