३१ जेठ बीरगञ्ज ( पर्सा )- वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिको टोलिले मनोज ग्यास प्रा.लि मा छड्के अनुगमन गरिएको छ।
अनुगमन को क्रम मा मनोज ग्यास बाट कुनै लापरवाही न रहे को र सब कागज पत्र सहि रहेको बिरगंज महानगर पालिका का कार्यपालिका सदस्य कन्हैया ठाकुर ले बताए ।पुरानो सिलिन्डर लाई नस्ट गरेर रखिएको र नया सिलिन्डर लाई व्यवस्थापन गरेर रखिएको थियो। मनोज ग्यास का सिलिन्डरहरु नापतौल गर्दा वजन सहि रहेको कन्हैया ठाकुर ले जानकारी दिए।
वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलम ज्यूको निर्देशनमा मनोज ग्यास प्रा.लि.मा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु द्वारा अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा प्रा.लि.का ब्यवसाय प्रमाण पत्र, तथा ग्यास सिलिण्डरको तौलको परिक्षण गर्दा सबै कागजात र सिलिण्डरको तौल ठिक रहेको थियो। मनोज ग्यास प्रा.लि.लाई समस समयमा विक्रेता कहाँ गएर सिलिण्डरको म्याद मिति,तौल र विक्रि वितरण गर्ने मुल्यको अनुगमन गर्ने निर्देशन दिएको छ ।
अनुगमनमा वीरगंज महानगरपालिकाका कार्य पालिका सदस्य कन्हैया प्रसाद, ,वीरगंज महानगरपालिकाका अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, ,उपभोक्त हित संरक्षण मच्चका धिरज शर्मा,अजित भुजेल,नाप तौल कार्यालयका शुसान्त चौधरी,वाणिज्य कार्यालयका मधुरेश प्रसाद साह,वीरगंज महानगरपालिकाका पशु प्राविधिक संतोष ठाकुर, वीरगंज महानगरपालिकाका नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल ,लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो।