वीरगंज - २०८१ पुष २३ गते
नेपाल-चीन सीमाना केन्द्रबिन्दु भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा करिब ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसहित नेपालका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ । बिहानै शक्तिशाली धक्का महसुस गरेपछि स्थानियवासि त्रसित हुँदै घरबाहिर निस्केका थिए ।
लामो समयपछि यति ठूलो भूकम्पको धक्का महसुस गरिएको हो । हालसम्म भूकम्पका कारण भएका मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।
भूकम्पको धक्का नेपालसहित बङ्लादेश, भारत, भुटान र चीनमा समेत महसुस गरिएको छ। प्रभावित क्षेत्रहरूमा सम्भावित क्षतिको विवरण सङ्कलन भइरहेको छ ।