३० जेठ बीरगंज – भारतको गुजरात स्थित अहमदाबादबाट उडेको विमान दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल विद्यार्थी संघ द्वारा ठाकुरराम बहुमुखी क्याम्पस अगाडी दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेविसंघका विध्यार्थी नेता रुपेश कुमार शाहको नेतृत्वमा ठाकुरराम बहुमुखी क्याम्पसअगाडि आज साँझ ६:३० बजे विद्यार्थीहरूद्वारा दीप प्रज्वलन गर्दै गहिरो दुःख व्यक्त गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले मृतकहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शोक व्यक्त गरेका थिए । विमान दुर्घटनामा ज्यान गुमाउने सबैप्रति समवेदना व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने दुर्घटनाप्रति आक्रोश र चिन्ता पनि व्यक्त गरिएको थियो ।
ने. बि.संघले यस्तो दुःखद् दुर्घटनामा परेकाहरूलाई सम्झनु हाम्रो नैतिक जिम्मेवारी भएको भन्दै आगामी दिनमा पनि यस्ता मानवीय विषयहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।