क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे भएको थियो । निवाहको १८ वर्ष पछि छोडपत्र भएको छ ।
सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् प्रधानमन्त्री ट्रुडोले आफूहरु अलग हुन लागेको जानकारी दिएका हुन् । ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहान्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ उनले लेखेका छन्, ‘एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’ ट्रुडो र सोफीका तीन सन्तान छन् । ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् ।
क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् ।