९ असोज बीरगञ्ज -बीरगञ्जमा भन्सार छलेर ल्याइएका १३ लाख २४ हजार १८९ रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बल पर्साद्वारा बरामद गरिएको छ ।
बिरगंज म.न.पा-१६ स्थित विभिन्न सीमा नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छली BR 05 N 5246 नम्बरको मो.सा.मा तथा अन्य बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. ११,२४,१८९।- बराबरको कपडा, मोटरपाट्स तथा किराना सामान बरामद गरि उक्त मो.सा.को भन्सार मुल्य रु. १,५०,०००।- मुल्याङ्कन गरी मो.सा. सहित सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म बिरगंजबाट स.प्र.ना.उ. नरेन्द्र सिहं धामिको कमाण्डमा खटिएको मोबाईल टोलिले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सामानहरु लाई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
यस्तै बि.ओ.पि. अमरपट्टीबाट खटिएको मो.सा. गस्ती टोलीले पर्सा जिल्ला विन्दवासिनी गा.पा-३ भलुवा सीमा ईलाकाबाट मुल्य रु. ५०,०००।- बराबरको कपडा बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको हो।
साथै सु.वेश बेलवाबाट खटिएको टोलिले रु. ७०,०००।- बराबरको (२८ क्यु.फिट. २ वटा सालको गोलिया), नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाइएको छ ।