६ बैशाख बीरगंज -सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट स सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले बीरगंज म.न.पा.-२ स्थित भगुवा नाकामा भारी मात्रामा लागुऔषध बरामद गरेका छन् ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउनु कुनै नयाँ कुरा होइन् । विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको छ ।
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मेवारी दिई सरकारले आफु गर्ने काम र कर्तव्य बिर्सिएका छन् । लागु औषधको दुर्व्यसन तथा अवैध ओसार - पसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदय कै सामुहिक समस्यका रूपमा प्रकट हुदै जादा पनि सरकारले कुनै ठोस् कदम नचालेको यस्तो घटनाहरुले प्रष्टयारहेको छ ।
लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति ल्याउन नसके दिन्हु विभिन्न नाका बाट नयाँ नयाँ तरिकाले चोटी पैठारी गर्ने तथा प्रतिबन्धित लागुऔषध को बरामद हुने मात्राले दर्शाइरहेको छ ।
सीमा सुरक्षाका जिमेवारी कान्धमा बोकेका सशस्त्र प्रहरीले सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि चौबिसौ घण्टा कडा निग्रानी एवं आफ्नो पेशाप्रति इमान्दार र मर्यादित रहेर आफ्नो काम , कर्तव्य र दायित्व लाई निभाउने गर्दा प्रतिबन्धित लागुऔषध ओसार पोसरमा धेरै हदसम्म नियन्त्रण भएकाे छ ।
भारत बाट अवैध रुपमा २ जना व्यक्तिहरुले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् लागुऔषध डिएसपी सिंह सहितको खटिएको टोलीलाई देख्दा लागुऔषध छाडेर निज व्यक्तिहरु भारततर्फ नै भाग्दा उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी
देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।