सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया २ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिकाको बडा नं.२ स्थित रहेको मोडेल क्याम्पसमा वीधार्थीहरूलाइ लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बीरगंज महानगरपालीकाका उपप्रमुख ईम्तियाज आलमको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विदुर प्रसाद सिवाकोटीले मोडेल क्याम्पसका विधार्थीहरू लाइ लागु औषध सम्बन्धी सचेतना मुलक प्रस्तुती तथा विभिन्न लागु पदार्थहरू देखाइ सचेत गराएका थिए ।
बडा समितिको कार्यालय बडा नं.२ का बडा अध्यक्ष महमद रेयाज मिया तेली, बडा नं.३ का बडा अध्यक्ष बैजु स्वर्णकारको बिशिष्ट आतिथ्यतामा, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि.श्री मनिषा लौडारी, वडा प्रहरी कार्यालय बिर्ता पर्साका कार्यालय प्रमुख प्र.नि. विदुर प्रसाद सिवाकोटीको आतिथ्यता तथा सहजीकरण रहेको थियो ।