वीरगंज स्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर दुबे सेवाग्रहीसँग घुसी लिने क्रममै पक्राउ परेका छन् ।
प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिइ रहेको बेला रंगेहात आज कार्यालयबाट नै पक्राउ परेका हुन् ।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी का दुवे लाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीले दिएको दुबे विरुद्ध मौखिक उजुरीको आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ ।
दुबेलाई हाल प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।