फाल्गुन 21— पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठा टोलका तीन जना सवार मोटरसाइकल दुर्घटनामा परेका छन् । वीरगञ्जतर्फ आउँदै गरेको क्रममा सिर्सिया ड्राइपोर्ट चौकमा डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

मधेश प्रदेश ०३–०२८ प / ७७४५ नम्बरको बजाज पल्सर १५० सिसी मोटरसाइकलमा सवार रहेका तीन जनामध्ये करिब ३८ वर्षीय लालदेव राम, भोलन राम र सिकेन्द्र राम घाइते भएका थिए ।

घाइतेमध्ये सिकेन्द्र रामको अवस्था गम्भीर रहेको बताइएको छ भने लालदेव रामको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा घाइते भएका भोलन रामको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।