वीरगंज, १६ कार्तिक, वीरगंजको गण्डक नजिक रहेको कृषि औजार कारखाना वर्षौ देखि बन्द रहेको थियो । उक्त कारखानालाई पुनः सञ्चालका लागि सरसफाई शुरु गरिएको छ ।
राष्ट्रको अमुल्य सम्पति वीरगंजको कृर्षि औजार कारखाना सञ्चालनको लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि आविसकार केन्द्रको १४ जना ईन्जिनियर र टेक्निशियनहरुको टोली पनि आईरहेको समेत जानकारी आविसकार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी गराएका थिए, साथै वीरगंज वरिपरी बसोबास गर्ने स्थानिय बासिन्दाहरु, संघसंस्थाहरु, सम्बन्धित ईन्जिनियरहरु लगायत सबै पक्षलाई सहयोग गर्न अपिल गरेका थिए ।
सो अभियानमा वीरगञ्जको परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानमा सरसफाई शुरु गरेका हुन् । फाउण्डेशनका युवाहरुले आज कृषि औजार कारखानामा रहेका सामानहरु व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरु उखेलेर सफा गरेका छन् ।
बढिमा एक वर्ष भित्रमा जसरी भए पनि सो औजार कारखानाबाट कम्तिमा पनि १५ किसिमको कृषी औजारहरुको उत्पादन गर्ने योजना रहेको पनि पुनले विभिन्न सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।