११ माघ बीरगंज - सशस्त्र प्रहरी बल गुल्म , पर्साका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको लागुऔषध नियन्त्रण अपरेसनले लागुऔष तस्करहरूको रातिको निन्द्रा हराएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाले घरबाट लुकाई छिपाई लागुऔषध गाँजा खरिद बिक्री भइरहेको विशेष सूचना पाएको आधारमा शुक्रबार राति ८:३० बजेको समयमा सुब्बाको कमाण्डमा गुल्ममा कार्यरत नं.A074 दृष्टि नामक ( ड्रग डिक्टेशन ) तालिम प्राप्त कुकुरसहित १५ जना एवं इलाका प्रहरी कार्यालय नगुवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेशकुमार झाको कमाण्डमा १५ जनाको संयुक्त टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर १६ फुलबारी टोलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापामारी गरी लागुऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेका छन् ।
डिएसपी सुब्बाले एक महिना नपुग्दै लागुऔषध तस्करहरू मा निकै ठूलो सफलता हात पार्दै आइरहेका छन्।नेपाल भारत खुल्ला सिमानाका हुनाले चोरी पैठारी गरी बीरगंज हुँदै नेपाल भित्रिने गाँजा सहित विभिन्न लागुऔषध तथा यसमा संलग्न तस्करहरूलाई नियन्त्रणमा लिई सीमा क्षेत्रमा तप बढी कडाईका साथ निगरानीले गर्दा लागुऔषध कारोबारीहरूमा त्रासको वातावरण सिर्जना भएको छ। अझ आजको विशेष सूचनाको आधारमा गरिएको रातिको सर्च अपरेसनले गर्दा तस्करहरूको रातिको निन्द्रा नै हराएको छ ।
छापामारीमा पक्राउ भएका युवक पर्साको पटेर्वा सुगौली निवासी ३० वर्षीय पवन यादव रहेका छन्। उनी बीरगंज वडा नम्बर १६ फुलबारी टोलमा भाडाको घरमा बस्दै आइरहेका थिए। उक्त भाडाको घर छापामारी गर्न पुग्दा खरिद बिक्री गरिएको गाँजा लिएर घरभित्रको आँगनहरूको कुनाकुनामा लुकाई यादवले आफू पनि लुक्ने प्रयास गरेका थिए। डिएसपी सुब्बाको कमाण्डमा गुल्ममा कार्यरत तालिम प्राप्त कुकुर लुकाउन खोजिएको गाँजाहरु बरामद गरे ।उनी बस्ने कोठाबाट अन्दाजी ५ किलोग्राम गाँजा सहित यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय नागवामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिनुभयो ।