स्रोत नखुलेको भारतिय नगद सहित ४ जना नियन्त्रणमा ।  मिति २०८०।११।२६ गते रातको २३:५५ बजेको समयमा प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडक खण्डमा बिरगंजतर्फ बाट हेटौडा तर्फ आउँदै गरेको BR01AR2991 नं. को कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार देश भारत विहार राज्य सितामढी थाना भुभैरवो वडा नं. ९ बस्ने बर्ष ३० को राकेश कुमार राय,ऐ.ऐ.बस्ने बर्ष ३० को चान्द बाबु, ऐ.ऐ.बस्ने बर्ष ३७ को अशोक राय र जिल्ला सुनसरी कोशी गांउपालिका वडा नं. ४ बस्ने बर्ष ३२ को निजाम मिँयालाई रितपुर्वक खानतलासी गर्दा निजहरुको साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा निम्न भारतिय तथा नेपाली रुपैया फेला परेको हुंदा उक्त रुपैया तथा BR01AR2991 नं. को कार सहित निजहरु ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको ।

निम्न :-

१) भारतिय रपैया रु.५,४९,०००।- ( पाँच लाख उनन्पचास हजार नेपाली रुपैयामा रुपान्तर गर्दा ८,७८,४००।- हुन्छ) 

२) नेपाली रुपैया रु.२,५०,०००।- ( दुई लाख पचास हजार ) 

     जम्मा रुपैया ११,२८४००।

जिल्ला प्रहरी कार्यालय मकवानपु ले जनाएको छ