यो भिडियो बीरगञ्ज भन्सार शंकराचार्यको गेटको हो। हाम्रो शङ्राचार्य गेटमा लगाइएको हाम्रो राष्ट्रिय झण्डाको अवस्था तपाईं हेर्न सक्नुहुन्छ।

यो कुनै पुरानो फोटो होइन यो भिडियो हो २०८० चैत १७ गते शनिबारको दिन को हो ।

एकातर्फ बीरगञ्ज पहिलेको भन्दा अहिले स्मार्ट सिटीमा परिवर्तन हुँदैछ। भारतको रक्सौलबाट बीरगन्ज आउने क्रममा शंकराचार्य गेटको सौन्दर्यकरणले सबैको मन रिझाउने गरेको छ। शंकराचार्य गेटको रङ्गरोगन, मरमत र स- सजावटले पर्यटकहरूलाई एकपटक भएपनि फोटो तान्न र शङ्काचार्य गेटको भ्रमण गर्न आकर्षित गर्ने गरेको छ तर यति हुँदाहुँदै पनि बीरगञ्ज शंकराचार्य गेटको हाम्रो राष्ट्रिय झण्डा को अवस्था यस्तो रहेको छ ।

आखिरमा यो शंकराचार्य गेटमा लगाइएको हाम्रो राष्ट्रिय झण्डाको दायित्व कसको हो ?

देशमा परिवर्तन ल्याउने वाचाहरु र भविष्यको टाँट पल्टिने कुराहरू गर्ने हाम्रा ठुलठुला नेताहरुले यो झन्डा समेत फेर्न नसकेको हेर्दा कहिँ न कहिँ उहाँहरुले गरेको वाचा उहाँहरुले दिएका दलिलहरू झुठा साबित हुँदै गइरहेका छन् ।

ठुलठुला कुराले देशै परिवर्तन गर्छु भन्नेहरू सरकारी गाडी ,महँगो महँगो कोट,बुट र भ्रष्टाचारका चक्काचौन्दमा हराइसकेका छन्।

न कसैलाई आफ्नो दायित्वको ख्याल छ न त कसैलाई आफ्नो राष्ट्रियप्रतिको माया नै लागेको छ ।

जब बजेटका कुराहरू आउँछन् तब सबै ठूला बडा नेताहरू आफ्नाआफ्ना गोजी तर्फ हेर्न थाल्छन्। कसको ठूलो गोजी छ र कसकोमा कति धेरै बजेट हटाउन सकिन्छ ।अझ जब विपक्षीका कुरा आउँछन् भने तब कसरी कसलाई कुन आरोप प्रतिआरोप लगाएर एकअर्काको कुर्सी तानातान समेत गर्नबाट चुक्दैनन्। 

जब हाम्रो देशको झन्डाको मरमत गर्न नसक्ने च्यातेको झण्डालाई नयाँ बनाउन नसक्ने यी नेताहरूले देश के नै बनाउँछन् ! 

एउटा सानो प्रश्न छ यी देशका ठेकेदारहरूसँग ।

यो हाम्रो राष्ट्रिय झण्डा फेर्नलाई कति अर्बौंको बजेट चाहिएको छ ।