पर्सा चमार कल्याण समाज तथा भिम आर्मी नेपाल द्वारा आयोजना गरिएको विश्वरतन (बाबा साहब )डॉक्टर भीमराव अंबेडकर ज्यूको १३३ औँ जन्मजयन्ती समारोह कार्यक्रम युवा नेता सुनिल राम को अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जसपा पर्साका तवरेज अहमद , बिशिस्ट अतिथि तारा कुमारी राम,पर्सा जिल्ला चमार कल्याण समाजका अध्यक्ष जादाेलाल राम ,राैतहट बाट दलित अगुवा डा. बिजय मलि,अबध नारायण राम,अतिथी निखिल पासवान

१४ अप्रैल १८९१ मा मराठी परिवार मा डॉक्टर भीमराव अंबेडकर को जन्म भएको थियो । उनकाे पिताको नाम रामजी मालोजी सकपाल र आमा को नाम भीमाबाई थियो ।धेरै नै कठिन परिस्थितिमा पढ़ाई काल देखि नै भीमरावले बालपन बाटै कैयौँ प्रकारका भेदभाव सहन परेको थियो । दलित समाज को उत्थान र उनीहरूलाई जागरुक गर्नका लागि डॉक्टर भीमराव को धेरै ठूलो योगदान दिनुभयो को थियो। जसलाई आज पनि सम्पूर्ण देशमा एउटा छुट्टै पहिचान को रुपमा चिनिन्छ।हरेक वर्ष १४ अप्रैल को दिन डॉक्टर भीमराव आंबेडकर जयंती मनाइने गरिन्छ । 

डॉक्टर भीमराव आंबेडकर लाई भारत को संविधान निर्माता को रूपमा पुरै विश्वभर चिनिनुहुन्छ। यो कुरा सबैलाई थाहा नै छ कि भारत को संविधान को निर्माण मा डॉक्टर भीमराव आंबेडकर को अहम योगदान रहेको छ । २९ अगस्त १९४७ को संविधान मसौदा समिति को अध्यक्ष मा नियुक्त हुनुभएको थियो ।

डॉक्टर भीमराव आंबेडकर सन् १९३६ को स्वतंत्र लेबर पार्टी का स्थापना पनि गर्नुभएको थियो । स्वतंत्र भारत को पहिलो कानून मंत्री डॉक्टर भीमराव आंबेडकर बनेका थिए। बाल्यकालदेखि नै अनेकौँ प्रकारका समस्याहरू को सामना गर्दै आउँदा डॉक्टर भीमराव आंबेडकर को मनमा देशकोलागि केही फरक गर्ने इच्छा रहेको थियो। 

संविधान को फाइनल ड्राफ्ट तैयार गर्दा वाहालाई २ वर्ष ११ महिना १७ दिन को समय लागेको थियो । भारतको संविधान तैयार गर्ने क्रममा विभिन्न वर्गको बीचको अन्तरलाई एक समान समानता भीमराव आंबेडकर को विचार थियो ।